काठमाडौं । काठमाडौं महानगरपालिका र उपभोक्ताकर्मी तथा प्रहरीको अनुगमन टोलीले आज (सोमबार) गोङ्गबु मित्रनगरको एक होटेलमा छापा मारेको छ । नक्कली मह बनाउने गरेको आशङ्कामा होटल रेड डाइमन्डमा छापा मारेको हो ।
होटलको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा छापा मार्दा ९ किलो १८६ ग्रामका २८ पोका सामान र १३ टिन माहुरीको चाका फेला परेको छ ।
अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले दुई जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७