काठमाडौँ। मुम्बई पुलिसले बिहीबार फल्स टीआरपी गिरोहको भण्डाफोर गरिने घोषणा गरेको छ । पुलिस कमिस्नर परमवीर सिंहका अनुसार अर्नब गोस्वामीको रिपब्लिक टिभीसहित अन्य ३ भारतीय च्यानलले आफ्नो च्यानललाई टीआरपीमा अघि बढाउनका लागि दर्शकहरुलाई पैसा बाँड्ने गरेका थिए । त्यस्तै, उनीहरले समाचारमार्फत गलत प्रोपोगान्डा फैलाउँदै आएको पनि प्रहरी दाबी छ ।
यस घटनामा चारजनालाई पक्राउ गरिएको छ । त्यस्तै, यस च्यानलसँग जोडिएका मानिसहरुलाई सोधपुछका लािग बोलाइएको छ । यद्यपी, रिपब्लिक मिडिया नेटवर्कले यस्तो आरोप झुठो रहेको बताएको छ ।
‘मुम्बई पुलिस कमिस्नर परमवीर सिंहले रिपब्लिक टिभीविरुद्ध झुठो आरोप लगाएका छन् किनकी हामीले सुशान्त सिंह राजपूत केसमा उनीहरुको जाँचलाई लिएर सवाल उठाएका थियौं,’ नेटवर्कका प्रधान सम्पादक अर्नब गोस्वामीले विज्ञप्ती जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘रिपब्लिक टिभीले अब कस्मिनरविरुद्ध आपराधिक मानहानीको मुद्दा हाल्नेछ ।’तर, हिरासतमा रहेका व्यक्तिहरुले पैसा दिएर रिपब्लिक टिभीले टीआरपी किनेको आरोप साँचो रहेको बयान दिएका छन् ।
यसरी हुन्थ्यों टीआरपीको खेल
कमिस्नरका अनुसार छानविनका दौरान यस्तो घर भेटिएको छ, जहाँ टीआरपीको मिटर लगाइएको थियो । यी घरका मानिसहरुलाई पैसा दिएर दिनभरी नै एउटै च्यानल हेर्न लगाइन्थ्यो, ताकि च्यानलको टीआरपी बढोस् ।
उनीहरुका अनुसार केही घर त्यस्ता पनि थिए, जहाँ कोही मानिस थिएनन्, तर घरभित्र टिभी चलिरहेको थियो । प्रहरीका अनुसार यी घरका मानिसहरुलाई च्यानल वा एजेन्सीका तर्फबाट दैनिक ५ सय रुपैयाँसम्म दिने गरिएको थियो । मुम्बईमा यसरी टीआरपी मिटर लगाउने काम हन्सा नामक एजेन्सीलाई दिइएको थियो । यही एजेन्सीका केही व्यक्तिले च्यानलसँग मिलेर यस्तो खेल खेले ।
टीआरपी कसरी तय हुन्छ ?
टीआरपीको पूरा अर्थ टेलिभिजन रेटिङ पोइन्ट हो । यो एक यस्तो तरिका हो, जसको सहयोगले दर्शकहरुले के हेर्दैछन् भन्ने थाहा हुन्छ । यसले कुनै पनि टिभी कार्यक्रमको लोकप्रियता बुझाउन सहयोग गर्छ । अर्थात्, कसले कुन च्यानल वा कार्यक्रम सबैभन्दा धेरै हेर्दैछन् भन्ने थाहा हुन्छ । जुन च्यानललाई धेरै मानिसहरुले हेर्छन्, जति धेरै समयसम्म हेर्छन् । त्यसको टीआरपी उति नै धेरै हुन्छ ।
टीआरपी किन महत्वपूर्ण छ ?
टीआरपीमार्फत विज्ञापनदातालाई यो थाहा हुन्छ कि कुन कार्यक्रममा विज्ञापन दिँदा धेरै मानिसले हेर्नेछन् । सिधा भन्नुपर्दा, जुन कार्यक्रमको टीआरपी धेरै छ, उसैलाई धेरैभन्दा धेरै विज्ञापन मिल्छ । त्यसैले टेलिभिजन दुनियाँ टिआरपटीको भूमिका निकै महत्वपूर्ण छ । एक रिपोर्टअनुसार भारतमा वार्षिक ३४ हजार करोड रुपैयाँको टेलिभिजन विज्ञापन बजार छ ।
कसले तय गर्छ टीआरपी ?
भारतमा बार्क अर्थात् ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिलले टीआरपीको नियगमन गर्छ । यसले इन्टरटेनमेन्ट र न्युज च्यानलको अलग–अलग टीआरपी जारी गर्छ । बार्कको पछिल्लो रिपोर्टअनुसार सुशान्त प्रकरणका दौरान रिपब्लिक च्यानलको टीआरपी आज तक च्यानलभन्दा पनि धेरै रहेको छ ।
कसरी निस्कन्छ टीआरपीको हिसाब ?
यसका लागि वाटर मार्क प्रविधिको प्रयोग गरिन्छ । जसअनुसार ब्रोडकास्टर्सको प्रोग्रामको अडियो रिलिज हुनअघि त्यसमा कोड मिक्स गरिएको हुन्छ । यसलाई हामी सुन्न सक्दैंनौं । यस कोडलाई पहिचान गर्नका लागि विशेष डिभाइस जरुरी पर्छ, जसलाई बार ओ मिटर भनिन्छ । मानिसहरुको घरमा टिभीसँगै बार ओ मिटर इन्स्टल गरिएको हुन्छ । बार ओ मिटरले टिभीबाट निस्किएको अडियो अनुसार कुन च्यानल चलिरहेको छ भनेर पहिचान गर्छ । यही आधारमा पुरै डाटा संकलन गरेर टीआरपी रेटिङ जारी गरिन्छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७