काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ५९ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या १ लाख ६७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
यसैगरी थप १६८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७३ हजार २३ पुगेको छ । यसैगरी आज कोरोना सङ्क्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यसका साथै मृतक संख्या छ सय पुगेको छ ।
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जना संक्रमित थपिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७