नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (वर्ल्डफूडप्रोग्राम) लाई दिइने घोषण भएको छ । सन् २०२० को पुरस्कार वर्ल्ड फुड प्रोग्रामलाई दिने घोषणा आज भएको हो ।
भोकमरीविरुद्धको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रमा शान्तिका लागि थप राम्रो परिस्थिति निर्माण गरेको भन्दै यो पुरस्कार दिइने भएको छ । यसका साथै युद्ध तथा द्वन्द्वमा भोकलाई हतियारका रूपमा प्रयोग गर्ने कामको रोकथाम गर्न यस कार्यक्रमले सहयोग गरेकोमा उक्त पुरस्कार दिने घोषणा गरिएको नोबेल कमिटीको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७