काठमाडौं। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ। विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्ने अनुसार साइत सार्वजनिक गरेको हो।
समितिले नेपालमा कात्तिक १० गते अर्थात अक्टोबर २६ का दिन बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ। यस्तै भारतमा अक्टोबर २६ कै दिन बिहान १० बजेर ३५ मिनेटमा टीका लगाउने साइत तय गरिएको छ भने अमेरिकाको न्यूयोर्कमा अक्टोबर २५ को ११ बजेर ५ मिनेटमा टीका लगाउने साइत जुराइएको छ।
यस्तै टेक्सासमा २५ अक्टोबरको ११ बजेर ५७, मिनेट, मेलबर्न, अस्ट्रेलियामा २६ अक्टोबरको ९ बजेर ४३ मिनेटमा तथा सिड्नीमा ९ बजेर ४३ मिनेटमै टीका लगाउनु पर्ने साइत निकालिएको छ। समाजका सभापति प्राडा माधव भट्टराई र सदस्यसचिव सन्तोष वाशिष्ठले जारी गरेको विज्ञप्तिमा नेपालसहित विभिन्न देशमा कुन समयमा टीका लगाउने भनेर स्थानीय समय सहितको साइतबारे जानकारी दिइएको हो।
यसअघि नै नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि विजया दशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरिसकेको छ। पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिर कुन साइतमा टीका लगाउने भन्नेबारे समय किटान गर्ने छैन।
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७