काठमाडौँ। नेपालमा पछिल्लो २४ घन्टामा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको गौतमलेृ बताए ।
देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २६ हजार ६८४ जना रहेको छ । जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् ।
बुधबार ३ हजार ४३९ संक्रमित थपिएका थिए । २४ घन्टामा १८ हजार ४७३ पीसीआर परीक्षण भएका छन् । २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ६७५ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७