फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी छन्। संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा च्यारिटीका लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो।
आभा मुर्तो नाम गरेकी किशोरीलाई बुधबारका लागि प्रधानमन्त्री बनाइएको हो। उनले कुनै कानून बनाउने या निर्णय गर्ने अधिकार भने पाएकी थिइनन्।तर उनलाई राजतीतिज्ञहरुसँग प्रविधिमा महिला अधिकारबारे दिनभर बैठक बसाउन छुट दिइएको छ।
मुर्तोले बुधबार साँझ प्रधानमन्त्री मरिनसँग भेटेर लैंगिक समानताबारे छलफल गरेकी छन्। सन्ना मरिन ३४ वर्षकै उमेरमा प्रधानमन्त्री पदमा चुनिएकी फिनल्यान्डकी तेस्रो महिला प्रधानमन्त्री हुन्।
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७