काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
पहिलो दिन (२२गते) बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोरोना भाइरसका सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने । र दोस्रो दिन ( २३ गते ) देशभर आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने विज्ञप्ति उल्लेख छ ।
छ बुँदे माग राख्दै डा. केसी अनशन बसेको २४ दिन भएको छ, तर सरकारले वार्ता गरेको छैन ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७