नेपालमा एकैदिन ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४ जना रहेका छन् ।
यससँगै देशभर कोरोनाभाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिए ।
आज १४ हजार २०९ जनाको कोरोना परीक्षण भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ११२६ जना निको भएपछि निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।
सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ५ पुरुष र १० जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७८ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७