काठमाडौँ। नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन्। जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन्।
उनका अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । यसँगै देशभर कोरोना निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७