कोरोना भाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन् । उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै उनी सैनिक अस्पतालमा भर्ना भएका थिए ।
उनी अस्पतालबाट निवास फर्किए पनि उनको उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन् । आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ वर्षीय ट्रम्पले बताए । उनले चाडै नै आफू सार्वजनिक रुपमा निर्वाचनको काममा लाग्ने पनि जानकारी दिए ।
अमेरिकामा आगामी नोभेम्बर २९ तारिखमा राष्ट्रपतिय निर्वाचन हुन लागेको छ भने ट्रम्प पनि प्रतिष्पर्धामा रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७