काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । साताको पहिलो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुन ९४ हजार ९०० मा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको आजको मूल्य ९४ हजार ४ सय कायम गरिएको छ ।
यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी २० रुपैयाँले बढ्दै १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७