चर्चित अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । हाल हैदराबादमा रहेकी उनलाई सुटिङका दौरान कोरोनाको लक्षण देखिएको र परिक्षण पश्चात रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमणपछि उनी अस्पताल भर्ना भएकी छन् ।
उनी हैदराबादस्थित एक निजी अस्पताल भर्ना भएकी भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । केही सयम पहिले तमन्नाका आमा बुवालाई समेत कोरोना पुष्टि भएको थियो । हाल उनका आमा बुवा संक्रमण मुक्त भइसकेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७