काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा होम क्वारेन्टिन-सेल्फ आइसोलेसनमा बसेका छन् । सर्वोच्चका एक न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानन्यायाधीश राणा होम आइसोलेशनमा बसेका हुन् ।
सर्वोच्चले आइतबार एक सूचना जारी गर्दै एक न्यायधीशलगायत केही अधिकृत र कर्मचारी कोरोना संक्रमित भएको र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु होम आइसोलेशनमा बसेको जनाएको छ ।
न्यायाधीशहरु होम आइसोलेशनमा भएपछि आज न्यायाधीश मनोज शर्माको इजलासमा मात्र पेसी तोकिएको छ । हाल सर्वोच्चमा ३ दर्जनको हाराहारीका कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ।
नेपालमा अहिले उच्च तहका नेता देखि उनीहरुका सल्लाहकार लगायत धेरैमा कोरोना पुष्टि भैसकेको छ। प्रमका सल्लाकार देखि गगन थापा सममका नेता कोरोना संक्रमित छन्।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७