पछिल्लो २४ घण्टामा नेपालमा २७२२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिएका हुन् ।यो अहिले सम्मकै उच्च संक्रमित हो।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ ।
यस्तै देशभर कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ५२० पुगेको मन्त्रालयले जनाएको छ । आइसीयूमा २१० जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७