काठमाडौँ । कोरोना महामारीका बिचमा देशको प्रतिस्थित गनिने व्यापारिक समूह विशाल ग्रुपमा रेड परेको छ । म्याद नागेका खाद्यवस्तुमा नयाँ स्टिकर लगाई बजारमा आपूर्ति गर्दै आएको आशंकामा आज (बिहीवार) महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्तमा रेड परेको हो ।
विशाल ग्रुपको गोदाममा रेड पर्दा म्याद सकिएको खाद्य वस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा मेसिनसहित ९ जना रङ्गेहात पक्राउ परेका छन् । पक्राउ परेकाहरूमाआयनइन्टरनेश्नल नामक वितरक समूहका प्रमुख बताउने रोशन बात्रासहित नयाँ म्यादको स्टिकर टाँस्ने काममा संलग्न कर्मचारीहरू रहेका वाणिज्य विभागले जनाएको छ ।
वाणिज्य विभागका अनुसार स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्सचिप्स सहित बजारमा नियमित प्रयोगमा रहेका आधा दर्जन खाद्य वस्तुमा म्याद सकिएपछि विशाल ग्रुपले पुनः नयाँ म्यादको स्टिकर राखेर बजारमा आपूर्ति गर्ने गरेको पाइएको छ ।
कोरोना महामारीका बीचमा विशाल ग्रुपले उपभोक्ताको स्वास्थसँग ठुलो खेलवाड गरेको भन्दै वाणिज्य विभागले थप अनुसन्धान अघि बढाइएको जनाएको छ । विभागका अनुसार पक्राउ परेकालाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा राखेर अनुसन्धान अघि बढाइएको छ भने बरामद गरिएका ती सामाग्री र सञ्चालक एवं कर्मचारीलाई हिरासतमा राखिएको छ ।
यि खाद्यवस्तुमा नयाँ स्टिकर
बजारमा सजिलै आपूर्ति गर्न सकिने स्नेकर्स चकलेट, प्रिङ्गल्स चिप्स, ट्याङ जुसलगायतका म्याद सकिएका खाद्यवस्तुमा नयाँ म्यादका स्टिकर टाँसेको भेटिएको विभागले जनाएको छ । कानुन अनुसार आयातकर्ता वा उत्पादककर्ताले म्याद सकिएको खाद्यवस्तु बजारबाट फिर्ता ल्याएर नष्ट गर्नु पर्ने हुन्छ तर विशाल ग्रुपले तिनै खाद्यवस्तुमा नयाँ स्टिकर टाँसेर बजारमा आपूर्ति गरेको खुलासा भएको छ ।
रेडपछि गोदाम सिल
काठमाडौं महानगरपालिका वडा नं.१४कलंकीमा रहेको तीन तल्ले घर आयानडिस्ट्रीब्यूटर प्राइभेट लिमिटेडका सञ्चालक रौनक बोथ्राले म्याद नाघेका खाद्य सामाग्रीहरूरिलेभलिङ गर्ने, स्टिकर बनाउने मेसिन फेला पारेको थियो । यस्तै वडा नं. १३ बाफलमा रहेको उक्त कम्पनीको गोदामसमेत रहेको र तीन तलाको गोदाम घरलाई सिल गरिएको अपराध महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७