विश्वमा दैनिक अनेक खालका चाख लाग्ने खालाका घटनाहरू घटिरहेका हुन्छन् । त्यसै गरी बेलायतको एउटा चिडियाघरले त्यहाँ राखिएका फोहर शब्दहरू बोल्ने पाँच वटा बदमास सुगालाई सार्वजनिक प्रदर्शनबाट हटाइएको जनाएको छ । तिनीहरूलाई एउटै कोठामा राखिएका बेला तिनीहरूले एकले अर्कालाई आफूहरूले जानेका अश्लिल शब्दहरू सिकाएका थिए ।
लिन्कोनसायर बन्यजन्तु निकुञ्जले विभिन्न व्यक्तिले रिक , जेड , एलिस , टाइसन र बिल्ली नामका खरानी रङ्गका अफ्रिकी सुगा सो चिडियाखानालाई उपहार स्वरुप दिएको जनाएको छ । प्रर्दशनमा राखिनु अघि तिनीहरु सबैलाई एकै स्थानमा क्वारेनटाइनमा राखिएको थियो । तिनीहरूलाई प्रदर्शनका लागि राखिएको केही समय पछि नै चिडियाघरका कर्मचारीहरूले तिनीहरु करतुत थाहा पाएका थिए ।
चिडियाघरका प्रमुख कार्यकारिणी अधिकारी स्टिभ निकोलसले आफूहरू तिनीहरूको कारण विशेष गरी आगन्तुक बालबालिकालाई लिएर चिन्तित रहेको बताएका छन् । बानी सुधारेको खण्डमा पुन प्रदर्शनमा राख्नका लागि अहिले तिनीहरूलाई एक्ला एक्लै राखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७