विश्वभरि चर्चित रहेको समाजिक सञ्जाल गत डिसेम्बरदेखि सुरक्षा प्रमुख विना चलिरहेकोले सोमबार नयाँ सूचना सुरक्षा प्रमुख नियुक्त गरेको छ। ट्विटरले आइबीएमका पूर्व सूचना सुरक्षा कार्यकारी रिन्कीसेठीलाई आफ्नो नयाँ सूचना सुरक्षा प्रमुखमा रुपमा नियुक्त गरेको हो।
रिन्कीकोलिंकदेन प्रोफाइलअनुसार उनले यसअघि साइबर सुरक्षा फर्म ‘पालो अल्टो’ मा समेत सूचना सुरक्षाको उपाध्यक्षका रूपमा काम गरेकी थिइन्।
रोयटर्सका अनुसार जुलाइ देखि ट्विटरले नयाँ सूचना सुरक्षा प्रमुखको खोजी गरेको थियो। रोयटर्सको रिपोर्टअनुसार कुनै उच्चस्तरको प्रोफाइल उल्लंघन हुनुभन्दा अगाडि नै यसले सुरक्षा प्रमुख नियुक्त गर्न खोजेको हो।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७