लागूऔषध मामिलामा तानिएका अभिनेत्री दीपिका पादुकोण,सारा अली खान,श्रद्धा कपुरलाई भारतको लागूऔषध ब्यूरो(एनसीबी)ले सफाई दिएको बुझिएको छ।
दीपिका पादुकोण, सारा अली, श्रद्धा र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशले लगभग सफाई पाएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले समाचार प्रकाशित गरेको छ।
सोधपुछका क्रममा सन् २०१७ को ह्वाटसएप च्याटको कुराकानीमा अभिनेत्री पादुकोण र म्यानेजर प्रकाशले आफूहरुले 'चुरोट'लाई माल, वीड, ह्यस र डुबलगायतको नामले बोलाउने गरेको बयान दिएका थिए । रमाइलोका लागि उनीहरुले चुरोटलाई विभिन्न कोड दिएको बताएका थिए ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७