इराकी प्रधानमन्त्री मुस्तफा अल–कादिमीले कूटनीतिक नियोगमा लगातार हमला भइरहे देशभित्रका विदेशी दूतावासहरू बन्द गर्नुको विकल्प नहुने बताएका छन् । उनले दराजभित्रका असामाजिक तत्वहरूले खासगरी बग्दा स्थित अमेरिकी दुतावासलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरिरहेका छन् ।
यसअघि प्रधानमन्त्री कादिमीले बग्दाद विमानस्थललाई लक्षित गरी भएको क्षेप्यास्त्र आक्रमणका बारेमा तत्काल छानबिन अघि बढाउन आदेश दिएका थिए । यस आक्रमणमा बालबालिका समेत कम्तीमा पाँच जनाको ज्यान गएको थियो ।
प्रधानमन्त्री कादिमीले बग्दादमा रहेका कतिपय अन्तर्राष्ट्रिय संस्था र कूटनीतिक नियोगहरू बन्द गर्नु पर्ने अवस्था सिर्जना भइसकेको मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए । उनले संयुक्त राज्य अमेरिका र युरोपेली युनियनका दूतावासहरू बन्द गर्ने बारेमा छलफल भइरहेको पनि बताएका छन् ।
प्रधानमन्त्री कादिमीले क्षेत्रीय स्तरमा शान्ति सुरक्षा सुनिश्चित नहुने हो भने उनीहरु इराकमा पनि रहन मुस्किल छ भनेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७