भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले अयोध्याको बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ ।
बुधबार लखनउमा अन्तिम फैसला सुनाउँदै अदालतले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायतलाई ठोस प्रमाण नभएको भन्दै सफाइ दिएको हो ।
१९९२ डिसेम्बर ६ मा भाजपानिकट हिन्दू कट्टरवादी ‘कार सेवकहरू’ले राम जन्मभूमि भएको दाबी गर्दै अयोध्यामा १६औं शताब्दीमा निर्मित बाबरी मस्जिदको बाहिरी संरचना भत्काइदिएका थिए ।
तर अभियुक्तलाई दोषी सिद्ध गर्ने कुनै ठोस प्रमाण नभएको भन्दै अदालतले उनीहरुलाई सफाई दिएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७