काठमाडौं। निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित प्रहरी अधिकारीलाई प्रहरी प्रधान कार्यालयले काममा फर्काउने तयारी थालेको छ। कार्यालयले प्रहरी नियमावली संशोधन गरेर ६ जना प्रहरी अधिकारीलाई काममा फर्काउने तयारी थालेको हो।
उक्त प्रकरणमा सेवाबाट हटाईएका दुईजना प्रहरी अधिकारी तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई सेवाबाट हटाइएको थियो।
अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अंगुर जिसीसहित ६ जना निलम्बनमा परेका थिए। जिल्ला अदालत कञ्चनपुरले ८ जना प्रहरी अधिकारीलाई सफाई दिएको थियो। सोही आधारमा उनीहरूलाई काममा फर्काउने तयारी गरेको हो।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७