काठमाडौँ। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले प्रत्येक वर्ष साहित्यिक कृति र दीर्घ साधकलाईइ प्रदान गर्दै आइरहेको पुरस्कार एवं सम्मान विवाद बढेपछि रद्द गरेको छ ।
पुरस्कार र सम्मान दिइने भनिएका लेखकद्वय सञ्जीव उप्रेती र माेदनाथ प्रश्रितले अलग-अलग विज्ञप्ति निकालेर पुरस्कार लिन अस्वीकार गरेपछि प्रतिष्ठानको आकस्मिक बसेको बैठकले दुवै पुरस्कार/सम्मान रद्द गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताए ।
लामिछानेले एक विज्ञप्ती जारी गर्दै स्रष्टाकाे संवेदनामा चाेट पुर्याउने प्रतिष्ठानकाे कुनै ध्येय नरहेकाे भन्दै सम्बन्धित स्रष्टामा पर्न गएकाे असरबारे क्षमायाचना समेत गरेर दु:ख व्यक्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७