काठमाडौँ। काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणालीलाई थप कडाई गरिने भएको छ। उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गर्न लागिएको हो ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुनेगरी काठमाडौं, भक्तपुर र ललितपुरमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका थिए ।
मंगलबार समाचार तयार गर्दासम्म ट्राफिक प्रहरी महाशाखाले निर्णय मिचेर चलाइएका ८ सय २५ सवारी साधान होल्ड गरेको छ । तीमध्ये ६ सय ८३ वटा मोटरसाइलक र स्कुटर छन् ।
जोर बिजोर अनुसार कार्यालय, कम्पनी र संघ–संस्थालाई सवारीको ब्यवस्थापन गर्न पनि ट्राफिक महाशाखाले आग्रह गरेको छ । होल्ड गरिएका सवारी साधन भने बेलुका ८ बजेपछि मात्र छोडिने छ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७