सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणले बलिउडमा लागूऔषधको प्रयोग र कारोबारको विषय खेलिरहँदा नाम चलेका नायक नायिकाहरूमाथि छानविन बढेको छ । भारतको लागूऔषध नियन्त्रण ब्युरोले केही नायिकाहरूको फोन नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका लागि भन्दै दिपिका पादुकोण, सारा अलि खान र श्रद्धा कपुरको फोन नियन्त्रणमा लिइएको हिन्दुस्तान टाइम्सले ब्युरोको अधिकारीलाई उदृत गर्दै खबर प्रकाशित गरेको छ । तीनैजना नायिकाहरूमाथि ब्युरोले शनिबार बलिउड लागूऔषध नेक्ससबारे सोधपुछ गरेको थियो ।
यसैगरी राकुलप्रित सिंह, सिमोन खम्बाटा र जया शाहको पनि फोन ब्युरोले नियन्त्रणमा लिएको छ । फोन नियन्त्रणमा लिनुलाई निकै गम्भीर रुपमा लिइएको छ । उनीहरूले लागूऔषधको प्रयोग गर्ने गरेको विषयबारे फोनमार्फत छानविन गर्ने तयारी भएको हो ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७