काठमाडौं । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन्। यस वर्षको पद्मश्री साधना सम्मानका लागि मनोनयनमा परेका प्रश्रितले सम्मान नलिने घोषणा गरेका हुन् ।
सोमवार एक विज्ञप्ति प्रकाशित गरी उनले सम्मानका लागि आफूलाई छनौट गरेकोमा आयोजक खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानप्रति आभार व्यक्त गरे। आफ्नो बारेमा नकारात्मक खबर फैलाएर चरित्र हत्या गर्न खोजेको भन्दै उनले सम्मान लिन भने नचाहेको बताए ।
‘समाचार प्रकाशित भए लगत्तै अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो व्यक्तिगत चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निर्णय गरेको छु,’ प्रश्रितको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७