चितवन । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्नगरपालिका– ६ का ५५ वर्षीय बबना चौधरी रहेका छन् । मध्यवर्ती सामुदायिक बनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको र उनको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले बताएका छन् ।
बिहान १०ः२५ बजेको समयमा घटना भएको सूचना प्राप्त भएपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । मृतकको शव घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ । यसअघि गत शनिबार पश्चिम चितवनमा पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएर कसरामा राखेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७