अफ्रिकी मुलुक मालीका अन्तरिम राष्ट्रपति बाह एनडाउले पूर्व विदेशमन्त्री मोक्तारओउनेलाई मुलुकको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
माली सरकारको आधिकारिक ट्वीटमा राष्ट्रपति बाहलेमोक्तारलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने घोषण गरिएको थियो । नवनियुक्त प्रधानमन्त्री मोक्तारले सन् १९९५–२००२ सम्म मालीका लागि स्थायी प्रतिनिधि तथा सन् २००४–२००९ सम्म विदेशमन्त्रीका रुपमा कार्य गरेका छन् । मालीको नयाँ मन्त्रिपरिषद्को घोषणा केही दिन भित्रै गर्ने योजना रहेको छ ।
गत अगस्ट १८ मा मालीको सेनाले सरकार विरोधी प्रदर्शन जारी रहेकै अवस्थामा तत्कालीन राष्ट्रपति इब्राहिम बौबाकरकेइटालाई सत्ताच्यूत गराएको थियो । नयाँ निर्वाचन नहुँदासम्म १८ महिनासम्मका लागि सङ्क्रमणकालीन सरकार गठन हुने प्रक्रियामा रहेको छ ।
गएको शुक्रबार मालीका पूर्व रक्षामन्त्री बा एनडाउलाईसङ्क्रमणकालीन राष्ट्रपतिका रुपमा सपथ गराइएको थियो । सैनिक विद्रोहको नेतृत्व गरेका जनरल आसिमीगोइटा भने उपराष्ट्रपतिमा रहेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७