विश्वमा २७ सेप्टेम्बरलाई डटर्स डे छोरी दिवस को रुपमा हेर्ने गर्छन् । आज डटर्स डे को अवसरमा बलिउड अभिनेता अजय देवगनले पनि छोरी न्यासाको लागि एक मन छुने पोस्ट गरेका छन् ।
अजयले छोरी न्यासाको तस्वीर राख्दै लेखेका छन्, ‘मेरो छोरी आफैमा धेरै हो । मेरो सबैभन्दा धेरै आलोचना गर्ने, मेरो सबैभन्दा ठुलो कमजोरी र शक्ति हो । अब उनी ठुली भैसकेकी छिन् तर म र काजोलको लागि सधै बच्चा रहन्छिन् ।’ अजयले पोस्ट गरेको तस्वीरमा धेरैले प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७