काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७ मा ईनारमा डुबेर दुइ जनाको मृत्यु भएको छ भने एक जनाको अचेत अवस्थामा उद्दार गरिएको छ।
शुक्रबार विहान एक पार्टी प्यालेस परिसरमा रहेको ईनारबाट पानी तान्न प्रयोग गरिने मोटरपम्प बिग्रिएर बनाउन गएका सुरज साहसहित दुई जना बेपत्ता भएका थिए ।
ईनारभित्रै हराएपछि उनीहरु दुवै जनाको उद्धारमा खटिएको स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा शव ईनारभित्रबाट निकालिएको हो ।
२८ वर्षीय साह मोटरपम्प बनाउन ईनारमा पसेकोमा बाहिर नआएपछि अर्का स्थानीय उत्सव नेपाली पनि ईनारमा पसेका थिए । साह र नेपाली दुवै जना बाहिर नआएपछि उद्धारका लागि डोरीको सहायताले पसेका आनन्द लोभित्र पस्दा पस्दै बीचमै अचेत भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७