एजेन्सी।पछिल्लो समय चीन र भारतबीचको सीमा विवाद झन् बढ्दै गैरहेको छ । दुई देशबीचका परराष्ट्रमन्त्री तथा सैन्य प्रमुखबीच भेटवार्ता भइसके पनि दुई देशबीच जारी तनावका कारण एकले अर्को देशलाई धम्की दिइरहेका छन् ।
यसैबीच सीमामा चीनले सैन्य क्षमता दोब्बर बनाएपछि भारतले चीनलाई अघि नबढ्न धम्की दिइरहेको छ । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको समाचार द हिन्दुले प्रकाशन गरेको छ ।
चीनलाई स्पष्ट शब्दमा चेतावनी दिँदै भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘अब हामीले चीनलाई भनेका छौँ कि यदि चिनियाँ सैनिक हाम्रो नजिक आयो भने हामी गोली चलाउँनेछौँ, हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउन अधिकार दिएका छौँ ।’
केही दिनअघि पूर्वी लद्दाखको पेङग्वाङको त्सो ताल नजिक भारत र चीनका सैनिकबीच पटक–पटक गोली हानाहान भएको छ ।भारत र चीनबीच छैटौँँ चरणको वार्तामा दुई देशको सीमामा धेरै सैनिक नपठाउने सहमति भएको छ । चीनले सहमति तोडेको भारतीय पक्षको आरोप छ ।
दुवै देश आफ्नो आफ्नो ठाउँबाट पछी नहटेपछि विवाद झन् बढ्ने अवस्थामा रहेको विज्ञहरु बताउँछन। जारि विवादका कारण दुवै देशले आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन्।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७