काठमाडौं । देशभर केही दिनयता बदली रहेकाे माैसममा शनिबारदेखि सुधार हुने देखिएको छ । बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले मौसममा सुधार आउने भएको हो ।
शुक्रबार भने देशभर मौसममा सामान्यदेखि अधिकांश बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
शुक्रबार राति पनि देशभर सामान्य देखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यसपटक मनसुन सकिन केही ढिला हुने भएकाे छ । माैसमविदका अनुसार आइतबारदेखि पश्चिमी वायु केही बढी सक्रिय हुने छ । त्यसले पार्ने प्रभाव र भारतीय भूभागको मौसमी गतिविधि विश्लेषणपश्चात मात्रै मनसुन बाहिरिने समय आँकलन गर्न सकिने बताइएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७