काठमाडाैं । ललितपुरमा पहिराे जाँदा २ वटा टिपर र एउटा माेटरसाइकल पुरिएका छन् ।
ललितपुरकाे वाग्मती गाउँपालिकास्थित कान्ति लोकपथ खण्डकाे भट्टेडाँडामा पहिरो जाँदा २ वटा टिपर र एउटा माेटरसाइकल पुरिँदा ५ जना घाइते भएका छन् ।
बुधबार साँझ नै पहिरो गएकाे भए पनि बिहीबार बिहान मात्र उद्धारका लागि प्रहरी पुगेको थियाे । घाइते पाँचै जनाको स्थानीय स्वास्थ्यकर्मीले उपचार गरिरहेकाे ललितपुर प्रहरीले जनाएकाे छ ।
पहिराेले सडक अवरुद्ध भएका कारण घाइतेलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७