काठमाडौं । अविरल वर्यापछि आएकाे बाढीपहिराेका काण देशका विभिन्न स्थानमा जनधनकाे क्षति भएकाे छ ।
स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीमा पहिरो जाँदा एकै परिवारका ८ जना पहिरोमा पुरिएका छ्न् ।
स्थानीय माया नेपालीको घर पुरिँदा १ जनाको ज्यान गएको र १ जना घाइते भएको स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
पहिरोमा पुरिएकाहरुको उद्धार भइरहेकाे बोगटीले बताए ।
यता, पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले ३ वटा घर पुर्दा ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोले घर पुर्दा सुतिरहेका ५ जना बेपत्ता भएका हुन् ।
हुमबहादुर गाहा र मनबहादुर गाहाको घरमा सुतिरहेका ५ जना सम्पर्कबिहीन छन् । अरु ३ जनाले भने भागेर ज्यान जोगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले पहिरोले घर पुरेर ५ जना बेपत्ता भएको जनाए।
यस्तै फोक्सिङ्कोटकै सुरुमडाँडामा १ जना गर्भवती महिला पहिरोमा बेपत्ता भएकी छिन् । पहिरोले घर पुर्दा उनी बेपत्ता भएकी हुन् ।
उनका श्रीमानले भने भागेर ज्यान जोगाएका छन्। निरन्तर पानी परिरहेकाले उद्धारमा समस्या भएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७