काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणका कारण बर्दियाका थप १ जनाकाे मृत्यु भएकाे छ ।
बर्दियाकाे ठाकुरबाबा नगरपालिका-७ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हाे ।
उनी गत असोज ४ गते निमोनिया भई उपचारका लागि अस्पताल भर्ना भएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३० पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयकाे अपडेटमा २ जनाकाे मृत्यु भएकाे थियाे ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७