काठमाडाैं । मंगलबार नेपालमा थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयाेगशालामा गरिएकाे ११ हजार १ सय ५४ जनाकाे पिसिआर परीक्षणमा साे संख्यामा संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा काेराेनाबाट संक्रमित हुनेकाे कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । हाल सक्रिय संक्रमितकाे संख्या १८ हजार १ सय ४२ रहेको उनले जानकारी दिए । जसमध्ये ८ हजार ९ सय ४९ जना होम आइसोलेसनमा छन् ।
यसैबीच पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ४७ जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय २३ जना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा हालसम्म ४८ हजार ६१ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ सय २९ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७