काठमाडौं । कोरोना संक्रमणका कारण काभ्रेकाे पनौती नगरपालिका–५ चौकोटकी १ महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ ।
यससहित काभ्रेपलाञ्चोकमा ३ महिला र २ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
५० वर्षीया ती महिलाको कोरोना संक्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए ।
उनका अनुसार आमाशयको क्यान्सर रोगी महिलाको धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडाैं मेडिसिटी अस्पतालमा किमोबाट उपचार भइरहेको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७