काठमाडौं । चिकित्सा शिक्षा सुधारकाे माग राखेर जुम्लामा अनसन बसिरहेका अभियन्ता डा गोविन्द केसी आज काठमाडौं आउँदै छन् ।
उनी नेपालगन्जबाट बिहान ११ः२५ मा बुद्ध एयरको नियमित उडानबाट काठमाडौं आउन लागेको उनका सहयोगी महेन्द्र कार्कीले बताए।
केसीलाई हिजै काठमाडौ ल्याउने तयारी भए पनि नेपालगन्ज–काठमाडौं उडान नभएपछि भेरी अस्पतालमा राखिएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले जानकारी दिए ।
केसीको समर्थनमा नागरिक दबाब बढ्न थालेपछि हिंसा नहोस् भन्ने उद्देश्यले डा.केसी काठमाडौं आउन तयार भएका हुन् ।
जुम्लाबाट फर्किए पनि डाक्टर केसीले सबै माग पूरा नभएसम्म काठमाडौँ आएर सत्याग्रह जारी राख्ने बताएका छन् ।
राज्यले हिंसा र आक्रमण गर्न सक्ने लागेर सत्याग्रहलाई निरन्तरता दिने योजनासहित जुम्लाबाट काठमाडौं आउन लागेको केसीले बताए ।
पछिल्लो समय डा. केसीले कोरोना भाइरसका संक्रमित पहिचानका लागि पिसिआर परीक्षण व्यापक बनाउनु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ तत्काल सुरु गर्नुपर्ने, निःशुल्क, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चितता हुनुपर्ने लगायतका माग राखेर अनसन बसेका हुन् ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७