काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयाेगशालामा ९ हजार ५ सय ३३ जनाकाे पिसिआर परीक्षण गर्दा १ हजार १ सय ५४ जना संक्रमित भेटिएका हुन् ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।
साेमबार थपिएकामध्ये काठमाडाैं उपत्यकाका मात्रै ६ सय ७४ जना छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५ सय ३८ जना, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना कोरोना संक्रमित थपिएका हुन् ।
यसैगरी हाल सक्रिय संक्रमितकाे संख्या १७ हजार ६ सय ११ छ । तीमध्ये संस्थागत आइसाेलेसनमा ८ हजार ९ सय २१ जना र होम आइसोलेसनमा ८ हजार ६ सय ९० जना छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १ हजार ५ जना डिस्चार्ज भएका छन् ।
यससँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।
यसैगरी पछिल्लाे २४ घन्टामा काेराेना भाइरसकाे संक्रमणका कारण थप १६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७