काठमाडौं । भारतको महाराष्ट्रस्थित भिवण्डीमा ३ तले भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ ।
२० जनाको जीवितै उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुन सक्ने अनुमान गरिएको छ ।
अहिले उद्धार जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७