काठमाडाैं । विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको सोमबार मृत्यु भएको छ ।
साेमबार बिहान १० बजे जोरपाटीस्थित आफ्नै निवासमा ७२ वर्षको उमेरमा उनको मृत्यु भएको हाे ।
शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए ।
उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिम चितुवा उपनाम दिइएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७