काठमाडौं । आइतबार नेपालमा थप १ हजार ३ सय २५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आयतबार देशभरका प्रयाेगशालामा गरिएकाे ९ हजार ५ सय ८४ जनाको पिसिआर परीक्षणमा साे संख्यामा संक्रमित थपिएका हुन् ।
आइतबार थपिएकामध्ये काठमाडाैं उपत्यकाका मात्रै ७ सय ६७ जना छन् । काठमाडौंमा ६ सय २ जना, भक्तपुरमा १ सय १ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ भने हाल सक्रिय संक्रमितकाे संख्या १७ हजार ४ सय ७८ छ ।
मन्त्रालयका अनुसार देशभर १ सय ९० जनाको आइसियु र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रवक्ता गौतमका अनुसार गएकाे २४ घण्टामा ९ सय ६६ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ ।
यसैगरी कोरोनाका कारण २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७