चितवन । चितवन मेडिकल कलेजमा उपचाररत १ कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
चितवनकाे कालिका नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको आइतबार बिहान ११ः४४ मा मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनी २६ गते सिएमसीमा भर्ना भएका थिए । स्वासप्रश्वास र निमोनियाको समस्या आएपछि अस्पताल आएका उनको ३ गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । उनमा उच्चरक्तचापको समेत समस्या थियो ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७