काठमाडाैं । आफू १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईकी श्रीमती भएकाे दाकी गर्ने बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
पेरिसडाँडामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहेका बेला पार्टी कार्यालयमा प्रवेश गर्न खोजेकी उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
पक्राउ परेकी खड्कालाई प्रहरीले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखेर सोधपुछ गरिरहेको बताइएकाे छ ।
खड्काले जिल्ला अदालत काठमाडौंमा राईविरुद्ध हालेको अंश मुद्दा प्रमाण नपुगेपछि फिर्ता लिएकी थिइन् ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७