काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक नेपाली सेनाका सैनिकको मृत्यु भएको छ ।
रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार मृतक लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए ।
निर्देशनालयका अनुसार मृतक सैनिकको असोज १ गते कोरोना पाेजेटिभ नतिजा आएको थियो ।
यसैबीच नेपाली सेनामा हालसम्म कोराेना संक्रमण पुष्टि हुनेकाे संख्या २ हजार ५६ पुगेको छ ।
तीमध्ये ४ सय १ जना निको भइसकेका छन् भने १ हजार ६ सय ५४ सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७