काठमाडाैं । नेपालमा शुक्रबार अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् । गत २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्रै थप ८ सय ५९ कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ६ सय ९८ जना, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित पाइएकाे मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या ६१ हजार ९ सय ९३ पुगेको छ । यसैगरी हाल सक्रिय संक्रमितकाे संख्या १७ हजार ३ सय ८३ छ ।
यसैगरी गएको २४ घण्टामा ११ हजार चार सय ५८ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । यससँगै हालसम्म ८ लाख ९४ हजार ३ सय ७३ जनाको परीक्षण गरिएको छ ।
यस्तै गएकाे २४ घण्टामा थप ८ सय ७१ जना निकाे भएर घर फर्किएका छन् । यससँगै डिस्चार्ज हुनेकाे संख्या ४३ हजार ८ सय २० पुगेको छ ।
यसैगरी गत २४ घण्टामा नेपालमा थप ७ जनाको मृत्यु भएकाे छ । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७