चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ।
इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा बिहीबार बिहान ४:३० बजे पहिरो खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८ :४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो।
सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । सो सडकमा सोमबार रातिदेखि पटक/पटक पहिरो खस्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७