काठमाडौं । बुधबार नेपालमा एकैदिन १ हजार ५ सय ३९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार देशभरका प्रयाेगशालामा गरिएकाे परीक्षणमा साे संख्यामा संक्रमित थपिएका हुन् ।
यससँगै हालसम्म काेराेना संक्रमितकाे कुल संख्या ५७ हजार ३ सय २७ पुगेकाे छ । हाल देशभर १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित छन् ।
सक्रिय संक्रमितमध्ये ८ हजार ५ सय ४१ जना संस्थागत आइसोलेसनमा र ७ हजार ७ सय १ जना होम आइसोलेसनमा छन् ।
यसैबीच बुधबार काठमाडौँ उपत्यकामा मात्र ७ सय ३७ जना संक्रमित थपिएका छन् ।
प्रवक्ता गौतमका अनुसार काठमाडौं जिल्लामा ६ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ८ लाख ७२ हजार २ सय ७४ जनाको पिसिआर परीक्षण भएको गाैतमले जानकारी दिए ।
यसैगरी पछिल्लो २४ घण्टामा काेराेना संक्रमण मुक्त भएर १ हजार ६८ जना घर फर्किएका छन् । यससँगै हालसम्म ४१ हजार ७ सय ६ जना निको भइसकेका छन् ।
यसैगरी पछिल्लाे २४ घन्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७