काठमाडाैं । रासायनिक मल समयमै ल्याउन नसकेकाे भन्दै ठेक्का सम्झाैता रद्द गरेकाेप्रति सप्लायर्स कम्पनी शैलुङ इन्टरप्राइजेजले आपत्ति जनाएकाे छ ।
काेराेना भाइरसकाे विश्वव्यापी महामारी र त्यसकाे राेकथामका लागि गरिएकाे लकडाउनका कारणले समेत मल ल्याउनमा केही ढिलाइ भएकाेप्रति वास्ता नै नगरी एकतर्फी रुपमा सम्झाैता रद्द गरिएकाे शैलुङले जनाएकाे छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले सम्झौताअनुसार मल नल्याएकाे भन्दै शैलुङसहित होनिको मल्टिपलसँग ठेक्का सम्झाैता ताेड्दै कालो सूचीमा राखी कारबाही अगाडि बढाउन सिफारिस गरेको थियाे ।
कम्पनीले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग २५/२५ हजार मेट्रिक टन मल ल्याउने सम्झौता गरेको थियो । तर, वैशाख २० गतेभित्र ल्याइसक्नुपर्ने मल भदौ २० गतेसम्म पनि नल्याएपछि ठेक्का सम्झौता रद्द गरिएको थियो ।
उक्त २ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गर्दै उनीहरूले सम्झौता गर्दा राखेको झण्डै १० करोड रूपैयाँ धरौटी जफतसमेत गरेको थियो ।
तर शैलुङ इन्टरप्राइजेजले भने सर्वाेच्च अदालतले पनि शून्य अवधि मानेकाे समयमा केही ढिलाइ हुन गएकाे स्वीकार गर्दै विदेशी सप्लायरलाई काम दिने नियतसहित सम्झाैता रद्द गरिएकाे बताएकाे छ ।
शैलुङले १ विज्ञप्ति प्रकाशित गरी भनेकाे छ, विगतकाे विदेशी सप्लायर सम्मिलित ठेक्काहरूमा ९० प्रतिशत रकम कलकत्ता बन्दरगाहमा सामान आएपछि भुक्तानी गर्ने प्रवधान भए पनि शाल नेपाली सप्लायर भएकैले सम्झाैता भएकाे धेरै दिनपछि सबै सामान कृषि सामग्री कम्पनी लिमिटेडकाे गाेदाममा आएपछि मात्रै रकम भुक्तानी दिने विषयमा पटकपटक प्रतीतपत्र संशाेधन गरिनु संशयकाे विषय हाे ।'
सम्झाैतापछि थप गरिएकाे प्रावधानका कारण मल ल्याउन काेराेना कहर र लकडाउनकै अवस्थामा ठुलाे धनराशिकाे व्यवस्थापन गर्नुपर्ने भएका कारण पनि मल आयातमा ढिलाइ भएकाे शैलुङले जनाएकाे छ ।
'मल आपूर्तिका लागि बाेरा छपाइ भइसकेकाे, भेसल नाेमिनेसन भई लाेड गर्नका लागि जहाज पार्टमा तयारी अवस्थामा रहेकाेमा भारतकाे हल्दिया पाेर्टकाे प्रशासनबाट सामुद्रिक आँधीका कारण सेप्टेम्बरकाे अन्त्यमा मात्र भेसल पठाउनु भनी इमेल आएकाले जहाज हिँड्नबाट राेकिएकाे हाे', शैलुङद्वारा प्रकाशित विज्ञप्तिमा भनिएकाे छ, 'साेकाे आधिकारिक कागजातसहित कृषि सामग्री कम्पनी लिमिटेडलाई जानकारी गराइएकामा कम्पनीले भेसन नाेमिनेसन नगरेकाे, भेसलकाे नामा उपलब्ध नगराएकाे, सामान लाेड भएकाे वा हुने विश्वासकाे आधार नभएकाे जस्ता कपाेलकल्पित आराेप आधारहीन रहेकाे छ ।'
सम्झाैतामा यदि काबुबाहिरकाे परिस्थित ४५ दिनभन्दा बढी भएमा खरिदकर्ता र सप्लायर छलफल गरी शर्तबमाेजिम कार्यसम्पादन सहमति गर्नुपर्नेमा साेसमेत नगरी एकतर्फी रुफमा सम्झाैता रद्द गर्ने प्रक्रिया शर्तविपरीत भएकाे शैलुङकाे आराेप छ ।
यसै सन्दर्भमा शैलुङले हल्दिया पाेर्टले सेप्टेम्बर २२ देखि ३० सम्म सामान आपूर्ति गर्ने अनसमति दिएकाे र थप १ महिनाभित्रमा सामान आपूर्ति भइसक्ने भएकाले विदेशी सप्लायरकाे चंगुलमा परी अर्काे खरिद प्रक्रिय सुरु नगर्न कम्पनीलाई आग्रह गरेकाे छ । नयाँ प्रक्रिया सुरु गर्दा कम्तीमा ७ महिना समय लाग्ने र मूल्य पनि चर्काे पर्न जाने भन्दै शैलुङले पुरानाे निर्धारित मूल्यमै १ महिनाभित्रै मल आपूर्ति गर्न दिएर राज्यकाे ठुलाे धनराशि जाेगाउन पनि आग्रह गरेकाे छ ।
हेर्नुहाेस् विज्ञप्तिः
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७