काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि मंगलबार साँझ ८ बजे ओम अस्पताल लगिएको हो ।
महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले अस्पताल भर्नाको पुष्टि गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
ओम अस्पतालका मिडिया कोअर्डिनेटर विनोद अधिकारीका अनुसार कोइरालालाई कोभिड विशेष निगरानी कक्षमा राखेर उपचार थालिएको छ ।
महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७